16, Jul, 2024

राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने, नयाँ गठबन्धनमा जानेबारे दुई धार

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ असार २०८१, बिहीबार १०:५९ | ५ दिन अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भनेर निर्णय गर्न आज संसदीय दलको बैठक राखेको छ ।

स्रोतका अनुसार संसदीय दलमा सबैजसो सांसदहरु विश्वासको मत नदिने पक्षमा रहेका छन् । एमाले र माओवादीको गठवन्धन सरकार हुँदा राप्रपा प्रतिपक्षमा थियो ।

पछिल्लो समय कांग्रेससँग नजिएको राप्रपाले अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुनेरनहुने निर्णय लिइसकेको छैन ।

तर, भोलि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेमा भने कुनै विवाद नरहेको स्रोत बताउँछ । यद्यपि, आजको वैठकले यस विषयमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिन सक्छ ।

राप्रपालाई एमाले–कांग्रेस गठवन्धनमा सामेल हुन निम्ता आइसकेको छ । तर, यस विषयमा पार्टी नेताहरु दुई धारमा छन् । अध्यक्ष राजेन्द्र लिङदेनसहितको संस्थापन समूह यस विषयमा लचिलो छ । तर, वरिष्ठ नेता डा .प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा लगायतका नेताहरु सरकारमा नगई आन्दोलनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

२७ असार २०८१, बिहीबार १०:५९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading