वि.सं.२०८२ जेठ ३० शुक्रवार


skip this manthali

रौतहटको इशनाथ नगरपालिकामा गएराति धारिलो हतियार प्रहार गरी युवकको हत्या

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आप बगंैचामा फेला परेको हो । मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार प्रहार भएको आशंका छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने, ‘घटनाको सम्बन्धमा हिजो राति देखिनै अनुसन्धान सुरु गरेका छौं ।’

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको एसपी घिमिरेले बताए ।