16, Jul, 2024

पोखरामा पाँचौँ गिरिजाप्रसाद कोइराला मेमोरियल राष्ट्रिय हक्की प्रतियोगिता हुँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
९ असार २०८१, आईतवार १५:०२ | ३ हफ्ता अगाडी

पोखरा । पोखरामा पाँचौँ गिरिजाप्रसाद कोइराला मेमोरियल राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ ।

नेपाल हक्की संघको आयोजनामा स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृतिमा असार १० देखि १२ गतेसम्म पोखरामा राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा सात प्रदेश र दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबका टिमको सहभागिता रहेको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र तेस्रो हुनेले नगद १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट ७ लाई पनि नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ । यसअघिका चार संस्करणको प्रतियोगिता कोशी प्रदेशको विराटनगरमा गरिएको थियो ।

९ असार २०८१, आईतवार १५:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading