वि.सं.२०८३ वैशाख २० आइतवार

“प्रतिपक्ष थप सशक्त हुन्छ”भन्छन् देउवा

khanepani

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेषपुरमा स्व. सांसद पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘अहिले कांग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकामा पनि प्रश्न गरिरहेको देख्छु,’ उनले भने, ‘व्यक्तिगतरुपमा मेरो पनि आलोचना भैरहेको छ । अब पार्टीले जनजीविकाको सवालमा केन्द्रित हुने छ ।’

देउवाले मूल भन्सार भएर पनि महेषपुर भन्सार पूर्णरुपमा संचालनमा आउन नसकेको र यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिए । पूर्वगृहराज्य मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्वं कँडेल २०१५ सालमा पाल्हिमाझ खण्डपूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुन् ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी दिए । निजामती सेवा ऐन र शिक्षा ऐनलाई वर्तमान संविधानले दिएको अधिकारअनुसार तत्काल पारित गर्न ठूला तीन दललाई आग्रह गरे ।

क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक-फरक भए पनि जिल्लाको विकासमा सबै दल एकै स्थानमा उभिनुपर्ने बताए ।

ranechhap