वि.सं.२०८२ जेठ १० शनिवार

प्रहरी हेडक्वार्टरमा गृहमन्त्री रवि लामिछानसहितले गरे योग अभ्यास

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय (नक्साल) मा आज बिहान आयोजित योग विज्ञान शिविर आयोजना गरिएको छ । शिविरमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले योग अभ्यास गरेका छन् । यद्यपी अन्तर्राष्ट्रिय योग दिवस जुन २१ मा मनाइँदैछ ।

शिविरमा संक्षिप्त सम्बोधन गर्दै मन्त्री लामिछानेले सुरक्षाकर्मीको तनाव व्यवस्थापन र निर्णय क्षमता अभिवृद्धिमा योगदान गर्ने भन्दै दैनिक योग अभ्यास गर्न आग्रह समेत गरे ।

योगले शरीरका विकार निकाले जस्तै प्रहरीले देशका विकार निकाल्न सक्नुपर्नेमा जोड दिएका उनले योगको बेलामा झैं सधैं आफ्नो जिम्मेवारीमा ध्यानमग्न भए प्रहरीबाट कहिल्यै गैर–व्यवसायिक क्रियाकलाप नहुने विश्वास व्यक्त गरे ।

शान्ति–सुरक्षा कायम, सुशासन अभिवृद्धि र सेवाप्रवाहमा सुधार ल्याउन प्रहरीले भूमिका बढाउनु पर्ने र त्यसका लागि योगमार्फत तनाब व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो ।

शिविरमा उच्च प्रहरी अधिकृतहरुलगायत सहभागी थिए ।