20, Jun, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे जानकारी गराउन एमाले सांसदले मागे रुलिङ

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ जेष्ठ २०८१, मंगलवार ११:५६ | १ हफ्ता अगाडी

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आजै सदनलाई भ्रमणको बारेमा जानकारी गराउन माग गरे ।

उनले भने, ‘भातरसँग सीमाको समस्या त्यतिकै छ, ईपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाती रहेका समस्याहरू जस्ताको तस्तै छ । त्यसैबारे प्रधानमन्त्रीको भ्रमणको बिषयमा के कुराकानी भए सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ होस् ।’

उनले बाहिर मिडियामा बोलेपछि प्रधानमन्त्रीले पहिलो बोल्ने ठाउँ सदन भएको बताए ।

२९ जेष्ठ २०८१, मंगलवार ११:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading