14, Jun, 2024

गृहमन्त्री रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीको प्रश्न, देश भन्दा जीवी राई ठूलो रहेछन् ?

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ जेष्ठ २०८१, मंगलवार ११:४९ | २ दिन अगाडी

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई जीवी राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीबाट ठूला भ्रष्टाचारको फाइल खुल्ला भनेर आफूहरू हेरिरहेको बताए।

उनले भने, ‘अहिले हामी ठूला फाइल खोलिन्छ कि भनेर बसेका छौँ। गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ? यो संसदमा सुन्न आतुर छौँ। मेलम्ची, फोरजी, वाइडबडीलगायतका ठूला घोटालामा टसमस भएको छैन। आज नेपाल ठूलो हो कि जीवी राई ठूलो हो ? मलाई लाग्छ आज यो देश भन्दा ठूलो जीवी राई हो। यो सरकारले पक्राउ गर्न सकेको छैन।’

२९ जेष्ठ २०८१, मंगलवार ११:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading