14, Jun, 2024

जसपा नेपालको जनकपुरधाममा महाधिवेशन सुरु, अध्यक्ष उपेन्द्र यादवले गरे उद्घाटन

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ जेष्ठ २०८१, सोमबार १६:०२ | ३ दिन अगाडी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सुरु भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गरेका हुन् । जनकपुरधामको तिरहुतिया गाछीमा जसपा नेपालले सुरु भएको महाधिवेशनमा ठूलो संख्यामा नेता कार्यकर्ता उतारेका छन् ।

करिब १३ सय महाधिवेशन प्रतिनिधि सहभागी रहेको र तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।

महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिने जसपा नेपालले जनाएको छ ।

२८ जेष्ठ २०८१, सोमबार १६:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading