14, Jun, 2024

सुदूरपश्चिममा मन्त्री नियुक्ति रोक्न माग गर्दै, मुख्यमन्त्रीलाई माओवादीका ५ सांसदको पत्र

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ जेष्ठ २०८१, सोमबार १५:३५ | ३ दिन अगाडी

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् ।

खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका हुन् ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएका छन् ।

तर तत्कालीन दल नेता खगराज भट्टसहितका नेताले ती नाममा आपत्ति जनाउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन् ।

पत्रमा संसदीय दल र पार्टीमा छलफल नगरी दलको नेताले आफूखुसी नाम पेस गरेको भन्दै यी नाममा असहमति रहेको र नियुक्ति प्रक्रिया अगाडि नबढाउन अनुरोध गरिएको छ ।

यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए ।

२८ जेष्ठ २०८१, सोमबार १५:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading