13, Nov, 2024

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न नदिने भनेको छैन : शेखर कोइराला

बागमती भ्वाइस
बागमती भ्वाइस
३ जेष्ठ २०८१, बिहीबार ११:४६ | ६ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिने नभनेको बताएका छन्।

प्रजातान्त्रिक बिचार समाजको स्थापना दिवसको कार्यक्रममा बोल्दै गृहमन्त्रीको जवाफ सुन्न आफूहरू तयार रहेको बताए।

उनले भने- हामीले गृहमन्त्रीलाई बोल्न दिँदैनौँ भनेका छैनौँ, गृहमन्त्रीले रोष्ट्रममा आएर बोल्नुहुन्छ। पाउनुहुन्छ बोल्नुस्। हामीहरूलाई चित्त बुझ्यो भने ठिकै छ बुझेन भने हामी बोल्छौँ त्यसपछि भन्दा न गृहमन्त्रीले स्वीकार्नुहुन्छ, न एमाले स्वीकार्छ, हामीले संसद अवरुद्ध गर्ने कारण यति मात्रै हो। लोकतान्त्रिक व्यवस्थामा संसद अवरुद्ध गर्न हुन्छ हुँदैन आफ्नो ठाउँमा छ।

उनले उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा पनि नमागेको प्रष्ट पारे।

उनले भने- गृहमन्त्रीको नाम विभिन्न सहकारीमा जोडिएका छन्, गृहमन्त्री भएकाले उहाँ पुलिस प्रशासनको चिफ हुनुभयो अनि कसरी न्याय दिनुहुन्छ। यो कुरामा सत्ता पक्षका साथी र दलहरू स्वीकार्ने पक्षमा देखिनुभएको छैन यो गम्भीर प्रकृतिको विषय भएर अगाडि बढेको छ। कांग्रेसले जनताले उठाएको आवाज सदनमा राखेको हो।

३ जेष्ठ २०८१, बिहीबार ११:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading