08, Oct, 2024

बढ्यो अमेरिकी, क्यानेडियन डलर र पाउण्डको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
१ जेष्ठ २०८१, मंगलवार ११:२६ | ४ महिना अगाडी

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९१ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ २३ पैसा र बिक्रीमा १६७ रूपैयाँ ९९ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिददर १६६ रूपैयाँ ९४ पैसा र बिक्रीमा १६७ रूपैयाँ ७० पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ५२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९६ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४४ रूपैयाँ ४९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ १९ पैसा र बिक्रीमा ८८ रूपैयाँ ५९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ १८ पैसा र बिक्रीमा २८ रूपैयाँ ३१ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ६३ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३१ पैसा तोकिएको छ।

१ जेष्ठ २०८१, मंगलवार ११:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading