21, May, 2024

सहकारी समस्या समाधान सरकारले होइन, संस्था आफैंले गर्ने हो : सहकारीमन्त्री

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ बैशाख २०८१, मंगलवार १४:०७ | १ हफ्ता अगाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाको समस्या समाधान सहकारीमा आबद्धहरूले नै गर्नुपर्ने बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीको समस्या समाधान सरकारले नभई सहकारी संस्थामा आबद्धहरूले नै गर्नुपर्ने बताएका हुन् ।

मन्त्री अधिकारीले सहकारी आफ्नो मूल्य, मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा सहकारी क्षेत्रमा समस्या आएको बताए । सहकारी संस्थाहरूले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको उनले बताए ।

सहकारी जुन उदेश्यले स्थापना भएको थियो त्यसमा त्यसमा विचलन देखिएको मन्त्री अधिकारीले बताए ।

‘सहकारीहरू बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य, मान्यता विपरीत काम गर्न थाले,’ मन्त्री अधिकारीले भने, ‘बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई छैन । सहकारीको समस्या सहकारीमा आबद्धहरूले नै समाधान गर्ने र सरकारले सल्लाह दिने हो । सहकारीको समस्या समाधान सरकारले गर्ने होइन ।’

मन्त्री अधिकारीले सहकारीका सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने बताए । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा हुनुहुन्छ,’ उनले भने, ‘सर्वप्रथम मेरो कर्तव्य के हो सबैले बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन ।’

२५ बैशाख २०८१, मंगलवार १४:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading