21, May, 2024

रुसी सेनामा भएका नेपाली ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ बैशाख २०८१, मंगलवार १३:२९ | १ हफ्ता अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आवद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने बताएका छन् ।

बालुवाटारमा मंगलबार रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताएका हुन् ।

‘तपाईंहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिवद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।’

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न प्रतिवद्ध रहेको बताए ।

‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैंले थप पहल थाल्छु,’ प्रधानमन्त्रीले भने ।

रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा अनशन र धर्ना दिएका थिए । प्रधानमन्त्री प्रचण्डका जनसम्पर्कविज्ञ बुिद्ध जिसीले सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको बताए ।

२५ बैशाख २०८१, मंगलवार १३:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading