वि.सं.२०८३ असार १५ सोमवार

असईको हत्यामा दोषी ठहरिएका सांसद शर्मालाई निलम्बन नगर्न सभामुखसमक्ष लोसपाको पत्र

khanepani

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्मामाथि निलम्बनको निर्णय सच्याउन माग गर्दै पार्टीले प्रदेशसभासमक्ष पत्राचार गरेको छ । लोसपा मधेश संसदीय दलका उपनेता उपेन्द्र महतोले सांसद शर्मालाई गरिएको निलम्बनको निर्णय सच्याउन सभामुख रामचन्द्र मण्डललाई पत्र पठाएका हुन् ।

शर्मा लोसपा मधेश संसदीय दलका नेता हुन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । ०८० मंसिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो ।

लोससा मधेशका उपनेता महतोले भनेका छन्, ‘मधेश प्रदेशसभा सचिवालयबाट प्रकाशित मिति २०८१।०१।१८ को फैसलामा यहाँले प्रदेश सभा सदस्य अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्य सञ्चालन नियमावली, २०७५ को नियम २१० (४) अनुसार निलम्बन गर्नुभएको कुरा उल्लेख छ । कुनै पनि मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने जस्तो कारबाही गर्न अनुमति नदिएको व्यहोरा अवगत गराउन चाहन्छौं ।’

महोत्तरी जिल्ला अदालतले दोषी ठहर्‍याए पनि पुनरावेदनको अधिकार अहिले समाप्त नभएकाले निलम्बन गर्न नमिल्ने तर्क लोसपाको छ ।

‘यो फैसला अन्तिम हुनको लागि अहिले समय बाँकी नै छ, यस्तो अवस्थामा मधेश प्रदेश सभाका सदस्य अभिराम शर्मालाई अहिले नै मधेश प्रदेश सभाको सदस्यबाट निलम्बन गर्न कानूनतः मिल्दैन’, पत्रमा जिकिर गरिएको छ ।

प्रतिनिधिसभाका सांसद टेकबहादुर गुरुङविरूको हकमा विचाराधीन रहेको अवस्थमा निलम्बन गर्न नमिल्ने भनी सर्वोच्चको २०८०।१२।१६ नजिर रहेकोले शर्माको मुद्दाको अन्तिम फैसला नहुन्जेल कुनै बन्देज लाउन नमिल्ने उक्त पत्रमा उल्लेख छ ।

ranechhap