19, May, 2024

कतार एयरको जहाजमा धुवाँ देखियो, निरीक्षण गर्दै प्राविधिक

बागमती भ्वाइस
बागमती भ्वाइस
२४ बैशाख २०८१, सोमबार १४:०० | १ हफ्ता अगाडी

काठमाडौं । त्रिभुवन विमानस्थलमा कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । पार्किङमा रहेको कतारएयरको जहाजको पछिल्लो भागमा केहीबेर अघि एक्कासी धुवाँ उठेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज परीक्षणका लागि अहिले प्राविधिक टोली खटाइएको छ ।

‘धुवाँमात्र देखिएको हो कि अन्य के समस्या भएको प्राविधिकहरूले निरीक्षण गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ’, झाले भने ।

२४ बैशाख २०८१, सोमबार १४:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading