14, Jun, 2024

नेकपा एसले सार्‍यो स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

बागमती भ्वाइस
बागमती भ्वाइस
२४ बैशाख २०८१, सोमबार १३:४८ | १ महिना अगाडी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ । आन्तरिक तयारी नपुगको भन्दै पार्टीको बैठक सारेको हो ।

वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्यूरो र ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ ।

यस अघि क्रमशः बैशाख २६, २७ र २८, २९ गते बस्ने भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनको तरंग यसबेला नेकपा एसमा परेको छ ।

उपेन्द्रसँग अध्यक्ष माधव नेपालले वैकल्पिक गठबन्धनको गृहकार्य अगाडि बढाएपछि जसपा विभाजन भएको थियो । त्यसपछिको घटनाक्रमबारे छलफल गर्न अहिले संसदीय दलको बैठक बस्दैछ ।

२४ बैशाख २०८१, सोमबार १३:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading