18, May, 2024

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी, कतिमा हुँदैछ खरिद–बिक्री?

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार ११:५६ | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।

शुक्रबार प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२३ बैशाख २०८१, आईतवार ११:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading