17, May, 2024

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढेको छ : प्रधानमन्त्री

बागमती भ्वाइस
बागमती भ्वाइस
२० बैशाख २०८१, बिहीबार १७:०१ | २ हफ्ता अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा जाउँ हिँड रेसुङ्गा अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका छन् । उनले समृद्धिले नै विकासका बहुआयामिक सम्भावनाहरुको नेतृत्व गर्ने बताए । सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएको पनि बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए ।

उनले गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताए । उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भुमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । निजी, गैरसकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए ।

‘वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरेको कुरा अवगत नै छ । त्यसमध्ये समृद्धि नै त्यस्तो क्षेत्र हो, जसले विकासका बहुआयामिक सम्भावनाहरुको नेतृत्व गर्दछ । गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको अत्यन्तै महत्वपूर्ण क्षेत्र हो’, उनले भने, ‘त्यसमध्ये सानो लगानी र राम्रो प्रतिफल हाँसिल गर्ने क्षेत्र पर्यटनको विकास नै हो । तसर्थ सरकारले उच्च प्राथमिकतामा राखेको समृद्धिको विषयमा केन्द्रित रहेर महत्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा यहाँहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’

प्रधानमन्त्री दाहालले रेसुंगा धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय सम्पदा भएको बताए । रेसुंगा क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताए ।

२० बैशाख २०८१, बिहीबार १७:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading