05, May, 2024

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले गरिन् एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा

बागमती भ्वाइस
बागमती भ्वाइस
९ बैशाख २०८१, आईतवार १६:३० | २ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आइतवार जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।

उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी छन्।

उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरु र राष्ट्रिय सभा नियमावलीले निर्देशित कामहरु तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धता गरेकी छन्।

उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

उनी राष्ट्रिय सभा सदस्य पदमा नेकपा(एमाले)को तर्फबाट निर्वाचित भएकी हुन्।

९ बैशाख २०८१, आईतवार १६:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading