वि.सं.२०८२ जेठ २९ बिहीवार


skip this manthali

आइतबार सेयर बजार दोहोरो अंक बढ्यो, बैंकिङ सूचक घट्यो

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकमा बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १२.२९ अंकले नेप्से बढेको हो । सो वृद्धिपछि नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो ।

समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घट्यो । बैंकहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट लगानीका हिसावले कमजोर देखिएपछि सो समूहको सूचक आइतबार रातो रह्यो ।

ऋण असुली समस्याले बैंकहरूको नाफा १३ प्रतिशत घट्यो, खराब कर्जा बढ्यो

विकास बैंक ४१, फाइनान्स १०, होटल तथा पर्यटन १५, हाइड्रोपावर २७, जीवन बीमा ४१, उत्पादन १२३, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ९६, अन्य १५ र ब्यापार समूह ५ अंक बढे ।

दोल्ती पावरको ९.८ प्रतिशत मूल्य बढ्यो । एनआईसी एसिया लघुवित्तको ८.४, रुरु हाइड्रोपावरको ८.१, अपरहेवाखोलाको ७.२, सर्वोत्तम सिमेन्टको ६.५ प्रतिशत मूल्य बढ्यो । पिपुल्स पावरको ७.४, खानीखोला हाइड्रोको ५.४, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४.९, गुराँस लघुवित्तको ४.६ र गोर्खाज फाइनान्सको मूल्य ४ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, पिपुल्स पावर, जलविद्युत् र पोखरा फाइनान्स क्रमशः अगाडि रहे ।