22, Jul, 2024

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन रिटर्नी सेन्टरको अध्यक्षमा देवेन्द्र साम्बाहाङ्फे निर्वाचित

बागमती भ्वाइस
बागमती भ्वाइस
९ बैशाख २०८१, आईतवार १०:१९ | ३ महिना अगाडी

काठमाडौ । काठमाडौ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन रिटर्नी सेन्टरको अध्यक्षमा देवेन्द्र साम्बाहाङ्फे निर्वाचित भएका छन्।

सेन्टरको पहिलो महाधिवेशनले अध्यक्षमा साम्बाहाङ्फेसहित १७ जना पदाधिकारी चयन गरेको हो। गत चैत ९ र १० गते चितवनमा सेन्टरको पहिलो महाधिवेशन भएको थियो।

महाधिवेशनबाट ९० जना केन्द्रीय सदस्य चयन भएका थिए। निर्वाचित केन्द्रीय सदस्यहरूले शनिबार काठमाडौंको पेरिसडाँडामा अध्यक्षसहित पदाधिकारी चयन गरेका हुन्।

सेन्टरको वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की, उपाध्यक्षमा भीम रोकाय, कृष्णकुमार सिंह, चेतना श्रेंग र नविराज खान निर्वाचित भएका छन्। यस्तै महासचिवमा विशाल भण्डारी निर्वाचित भएका छन्।

९ बैशाख २०८१, आईतवार १०:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading