02, May, 2024

कोशीका मुख्यमन्त्री केदारको आग्रह, म संविधानभन्दा एक इन्च पर जान्नँ संकल्प प्रस्ताव फिर्ता लिनुस्

बागमती भ्वाइस
बागमती भ्वाइस
७ बैशाख २०८१, शुक्रबार १५:१७ | १ हफ्ता अगाडी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प बहुमत र अल्पमतको नहुने बताएका छन् । उनले संकल्प सबैको हुने बताए । उनले अल्पमत र बहुमतको विषयमा संसदमा प्रस्तुत भएको संकल्प प्रस्तावको विषयमा कुनै टिका टिप्पणी नगर्ने बताए ।

उनले संकल्प प्रस्तावको छलफलमा प्रदेशसभामा जवाफ दिँदै आफू संविधानभन्दा बाहिर नरहेको र संविधानको हरेक धारा धाराको पालना गर्ने बताए । उनले संविधानको धाराबाटै आफूले निकास दिने बताए ।

संविधानको धाराभन्दा एक इन्च पनि पर नजाने भन्दै संकल्प प्रस्ताव फिर्ता लिन उनले आग्रह गरे । उनले सदनमा कहिले यता कहिले उता हुँदा हुँदा थाकेको बताए । उनले आफू मध्यावधि रोक्नका लागि मुख्यमन्त्री भएको बताए ।

रोस्ट्रममा बोल्दै उनले आफू मुख्यमन्त्री बन्ने बेलामा दलको लेटर प्याडमा र पार्टीको झन्डामा नबनेको बताए । उनले मध्यावधि रोक्नका लागि मुख्यमन्त्री भएकाले मध्यावधिका विषयमा कुरा गर्नु नै बेकार हुने बताए ।

७ बैशाख २०८१, शुक्रबार १५:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading