02, May, 2024

मुख्यमन्त्री कार्कीलाई राजेन्द्र राईको सुझाव, ३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्

बागमती भ्वाइस
बागमती भ्वाइस
७ बैशाख २०८१, शुक्रबार १४:४७ | १ हफ्ता अगाडी

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकार अल्पमतमा हुन नसक्ने बताए । उनले उपधारा ५ बाट बनेको सरकार अजम्मरी पनि नहुने बताए ।

प्रदेशसभामा प्रस्तुत सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा उनले सरकार अजम्मरी नहुने कुरा यसअघि नै मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने उनको जिकिर थियो ।

‘संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशनको दोस्रो बैठकको सङ्कल्प प्रस्तावमाथिको छलफलमा सरकार हट्ने कि रहने भन्ने मूल छलफलको विषय रहेकाले सरकार हट्दा पनि कानून सङ्गत र बस्दा पनि कानूनसम्मत रूपमा प्रक्रिया पुर्‍याएर हुनुपर्छ’, दलका नेता राईले भने ।

उनले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न सुझाव दिए । उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, सक्नुभएन भने मार्ग प्रशस्त गर्नुस् । मुद्दामामिलातिर नलाग्नुस् ।

७ बैशाख २०८१, शुक्रबार १४:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading