01, May, 2024

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले दियो मुख्यमन्त्रीमा सोडारीलाई समर्थन

बागमती भ्वाइस
बागमती भ्वाइस
६ बैशाख २०८१, बिहीबार १६:२३ | १ हफ्ता अगाडी

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ ।

बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् ।

सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए ।

बुधबार एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको थियो । प्रदेश प्रमुख नजिर मियाले दाबी पेश गर्न बिहीबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने तयारीमा छन् ।

६ बैशाख २०८१, बिहीबार १६:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading