20, Jun, 2024

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, चार जनाको अवस्था गम्भीर

बागमती भ्वाइस
बागमती भ्वाइस
५ बैशाख २०८१, बुधबार १२:०० | २ महिना अगाडी

काठमाडौ । काठमाडौ सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित राप्ति राजमार्ग अन्तर्गत दाङ-रूकुम सडकखण्डमा चल्ने बस दुर्घटनामा परेको हो।

रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले जानकारी दिए।

उनका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। १० जना भने सामान्य छन्।

उनीहरूको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ। घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्‍डमा टोली खटिएको छ।

५ बैशाख २०८१, बुधबार १२:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading