29, Apr, 2024

नेपाल प्रहरीको प्राविधिक डीआईजीको विशेष पदमा अर्याल र गुरुङ सिफारिस

बागमती भ्वाइस
बागमती भ्वाइस
४ बैशाख २०८१, मंगलवार ०७:५८ | १ हफ्ता अगाडी

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।

उनीहरुलाई बढुवा गर्न सरकारले प्रहरी नायब उपरीक्षक (डीआईजी) का २ विशेष दरबन्दी थप गरेको थियो । २२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।

सोही विशेष दरबन्दीमा अर्याल र डा. गुरुङ बढुवा सिफारिस भएका हुन् । अर्याल नेपाल प्रहरीको साइबर व्युरो प्राविधिक सहायता शाखा काठमाडौंमा र डा. गुरुङ केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत छन् ।

अर्याल ८४.९०६२ अंकसहित र डा. गुरुङ ८०.६०६८ अंकसहित बढुवा सिफारिसमा परेका गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

४ बैशाख २०८१, मंगलवार ०७:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading