वि.सं.२०८१ माघ २८ सोमवार

विद्युत महशुल बापतको बक्यौता रकम नतिरेपछि प्राधिकरणले काट्यो ललितपुर मालपोत कार्यालयको बिजुली

काठमाडौ । काठमाडौ नेपाल विद्युत् प्राधिकरणले ललितपुर मालपोत कार्यालयको बिजुली काटेको छ।

विद्युत महशुल बापतको बक्यौता रकम नतिरेपछि प्राधिकरणले शुक्रबार बिहान लाइन काटेको हो।

‘केहीबेर काटेका हौं। फेरि जोडिसक्यौं,’ प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले भने।

उनका अनुसार लाइन काटेपछि मालपोत कार्यालयले बक्यौता रकम तिरेको थियो।

कति बक्यौता छ भन्ने विषयमा आफूलाई जानकारी नभएको घोषले बताए।

‘बक्यौता तिरेपछि लाइन पुनः जोडिएको हो,’ उनले भने।

मालपोतमा सेवा लिन पुगेका सैयौं मानिसहरू लाइन बसेर काम नभएपछि फर्किनुपरेको एक सेवाग्राहीले बताए।

Untitled