29, May, 2024

सुर्तीजन्य पदार्थको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने दिशामा सोच्न जरुरी छ : सांसद सापकोटा

बागमती भ्वाइस
बागमती भ्वाइस
३० चैत्र २०८०, शुक्रबार १४:३८ | १ महिना अगाडी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरूको प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पूर्ण प्रतिबन्धमा जान नसके पनि करको दायरा बढाउने र नियमनलाई प्रभावकारी बनाउने काममा ध्यान दिनुपर्ने बताए ।

उनले सबै राजनीतिक दलहरूले पनि सैद्धान्तिक रूपमा यसबारेमा छलफल गर्न जरुरी रहेको बताए । उनले जरुरी महत्वको विषय बनाएर छलफलमा लगे मात्रै पूर्ण प्रतिबन्ध गर्न सकिने बताए ।

पार्टीहरूले धूम्रपान, मद्यपानलाई प्रमुख मुद्दाका रूपमा लिएर सचेतना फैल्याउन जरुरी रहेको उनले बताए ।

३० चैत्र २०८०, शुक्रबार १४:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading