01, May, 2024

मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री प्रचण्डले गरे ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल

बागमती भ्वाइस
बागमती भ्वाइस
३० चैत्र २०८०, शुक्रबार १३:४४ | २ हफ्ता अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए ।

उनले भने, ‘सत्तारुढ दलका नेताहरुबीच भेटवार्ता भइरहन्छन् । आज पनि त्यही समसामयिक विषयमा छलफल भएको हो ।’

दुई नेताहरूबीच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइन्छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्डले ओलीसँग छलफल गरेका हुन् ।

आजको क्याविनेटबाट हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।

३० चैत्र २०८०, शुक्रबार १३:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading