01, May, 2024

राजनीतिलाई व्यवसाय र पैसा कमाउने माध्यम बनाउँदा विकृत भयाे – राजेन्द्र लिङदेन

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १८:३९ | २ हफ्ता अगाडी

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिक पछिल्लो दिनमा विकृत जस्तो भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा लिङदेनले राजनीतिलाई व्यवसाय बनाउने र पैसा कमाउने माध्यमको रुपमा बुझ्दा विकृत जस्तो भएको बताएका हुन् ।

उनले राजनीति भन्ने बित्तिकै ओढ्ने ओछ्याउने व्यवसाय, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको र राजनीति गर्ने मान्छेसँग डराउने अवस्था आएको धारणा राखे । उनले राजनीतिक लेखपढले मात्रै नहुने उल्लेख गरे ।

राजनीतिलाई पेशा नभई सेवाको रुपमा अबलम्वन गर्ने अग्रजहरुप्रति सम्मान रहेको उनले बताए । कार्यक्रममा लिङदेनले बरिष्ठ समाजसेवी, राजनीतिक तथा सामाजिक व्यक्तित्व गंगादेवी थपलियाको जीवनयात्रा पुरस्क लोकार्पण गरेका थिए ।

२९ चैत्र २०८०, बिहीबार १८:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading