01, May, 2024

नेता डा. शेखर कोइरालाले सत्तारुढ दल नेकपा एमालेलाई टीआरसी विधेयक नचाहिएको टिप्पणी

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १८:२१ | २ हफ्ता अगाडी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ दल नेकपा एमालेलाई टीआरसी विधेयक नचाहिएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै टीआरसी विधेयक पीडितमैत्री नभए कांग्रेसले समर्थन नगर्ने बताए ।
उनले भने, ‘टीआरसी विधेकय विवादित अवस्थामा छ । कांग्रेसको आफ्नो सोचाइ छ । त्यो सोचाइसँग पनि म केही फरक विचार राख्छु । मैले सभापतिलाई पनि भनेको छु तपाईंहरुले पीडितमैत्री विधेयक बनाउनु भएन भने मेरो भोट संसदमा जाँदैन है भनेको छु । सर्वोच्च अदालतले दिएको निर्देशनहरु हामीले पालना नगर्ने र अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले मिनिमम क्राइटेरियालाई एक्सेप्ट गरेनौं भने हामीले यहाँबाट बहुमतले पास गरौंला तर लागू त हुँदैन । फेरि विवादमा आउँछ त्यसकारण पीडितमैत्री बन्न जरुरी छ ।’

उनले टीआरसी विधेयकको नाममा दलहरुबीच राजनीति भइरहेको बताए ।

उनले थपे, ‘यो विधेयक सबैभन्दा धेरै माओवादीलाई चाहिएको छ, कांग्रेसलाई चाहिएको छैन । एमालेलाई यो विधेयक चाहिएको छैन । किनभने उसको बेलामा कहीँ केही भएकै छैन । तर, हेरौं अहिले एमाले र माओवादीको सरकार छ उहाँहरु के भन्नुहुन्छ । हामी विश्वास गर्न सक्छौं राजनीतिक लेनदेन हुँदैन भन्ने लाग्छ ।’

उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताउँदै एमाले र कांग्रेस मिलेर देशलाई निकास दिनुपर्ने समेत बताए ।

२९ चैत्र २०८०, बिहीबार १८:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading