01, May, 2024

ईद उल फित्रका अवसरमा बिहीबार सार्वजनिक बिदा

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ चैत्र २०८०, बुधबार १४:४३ | २ हफ्ता अगाडी

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । मुस्लिम आयोगको सिफारिसअनुसार गृहमन्त्रालयले सार्वजनिक बिदाको निर्णय गरेको हो ।

मुस्लिम आयोगले बुधबार गृह मन्त्रालयलाई पत्राचार गर्दै चैत २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकोले रमजान महिनाको ३० दिने सौम (ब्रत, उपसना) बुधबार पूरा हुने भन्दै बिहीबार सार्वजनिक बिदाको अनुरोध गरेको थियो ।

२८ चैत्र २०८०, बुधबार १४:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading