वि.सं.२०८१ चैत ६ बुधवार

सभामुखको समेत हस्ताक्षर देखाएर बहुमत दाबी गरिएको भन्दै गण्डकी कांग्रेस सर्वोच्च पुग्यो

काठमाडौं। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

मुख्यमन्त्रीमा अधिकारीको नियुक्त असंवैधानिक दाबीसहित बदर गर्न माग गरिएको छ ।