वि.सं.२०८३ भदौ ११ बिहीवार

बैंकिङ्ग कसुर मुद्दामा फरार एकजना पक्राउ

khanepani

काठमाडौँ । बैंकिङ्ग कसुर मुद्दामा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापका दोरम्बा घर भएर ललितपुर बस्ने कोमल बहादुर मगरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

५४ वर्षीय मगरविरुद्ध फागुन ८ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । बानेश्वरबाट पक्राउ गरेर उनलाई अनुसन्धानका लागि प्रहरी वृत सिंहदरबारमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

ranechhap