12, Apr, 2024

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन एमालेद्वारा ह्वीप जारी

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १५:३४ | १ हफ्ता अगाडी

धनगढी । नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए तर प्रदेश सभाको बैठक दुई घण्टा सारिएको छ ।

२२ चैत्र २०८०, बिहीबार १५:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading