ताइपेई । पछिल्लो २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली भूकम्पको चपेटामा परेको ताइवानमा उद्धारकर्मीहरू अझै पनि बिचल्लीमा परेका ६ जनाको उद्धार गर्ने प्रयासमा जुटेका छन् ।
बुधबार बिहान पूर्वी क्षेत्रमा रहेको हुआलेइन नजिक केन्द्रबिन्दु भएर गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परेर ९ जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढी घाइते भएका छन् । सुरुङ र राष्ट्रिय निकुञ्जमा फसेका धेरैलाई हेलिकप्टरबाट उद्धार गरिए पनि अझै ३४ जना हराइरहेका छन् ।
हराइरहेका वा बिचल्लीमा परेकाहरूको सङ्ख्या बिहीबार १ सयबाट बढाएर ६ सय जना पुर्याइएको छ । पहाडी क्षेत्रमा फोन सुचारु भएपछि यो सङ्ख्या बढाइएको हो। सडकमा क्षति पुगेका कारण धेरै ठाउँ उद्धारकर्मीहरू पुग्न सकेका छैनन् । उनीहरूलाई आकाशबाट राहत र खानाका सामग्रीहरू खसालिएको स्थानीयले जानकारी दिएका छन् ।