12, Apr, 2024

भीषण आगलागी गुल्मीको रेसुङ्गा गर्जुरा क्षेत्रमा

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १४:३५ | १ हफ्ता अगाडी

रुपन्देही । गुल्मीको रेसुङ्गा गर्जुरा क्षेत्रमा भीषण आगलागी भएको छ ।

बिहीबार बिहानदेखि भएको आगलागीबाट यस क्षेत्रमा रहेको रेसुङ्गा पार्क उच्च जोखिममा परेको छ । कूल पाँच करोड ५९ लाखमा निर्माण भएको रेसुङ्गा पार्क नजिकै लागेको आगो निभाउने प्रयास भए पनि अझै नियन्त्रणमा नआएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

पार्कभित्र भ्युटावर, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी लगायतका संरचना रहेका छन् ।

रेसुङ्गा पार्क तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगो निभाउनको लागि यति वेला उक्त क्षेत्रमा दमकल, सुरक्षाकर्मी र रेसुङ्गा नगरपालिकाको समूह पुगेको छ ।

२२ चैत्र २०८०, बिहीबार १४:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading