वि.सं.२०८३ वैशाख २१ सोमवार

लगानी बोर्डले विभिन्न चार विद्युत् आयोजनामा १ खर्ब रुपैयाँ बराबर लगानी स्वीकृत

khanepani

काठमाडौं । लगानी बोर्डले विभिन्न चार विद्युत् आयोजनामा १ खर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औं बैठकले ९९ अर्ब २० करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको हो । बोर्डका अनुसार १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनामा ३४ अर्ब ५९ करोड रुपैयाँको लगानी स्वीकृत भएको हो । १ सय ४२ मेगावाटको अपर मोदी जलविद्युत् आयोजनामा १० अर्ब ८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । २ सय ५० मेगावाटको साइमन सोलार इनर्जीका लागि २१ अर्ब १० करोड बराबर लगानी स्वीकृति भएको छ ।

उता, लोअर मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि समेत ३३ अर्ब ४१ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको लगानी बोर्डले जनाएको छ ।

ranechhap