काठमाडौं । गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् ।
होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए ।
उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।