12, Apr, 2024

कैलालीमा उखु बोकेको ट्रकमा आगलागी

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार १८:३० | १ हफ्ता अगाडी

धनगढी । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा उखु बोकेको एक ट्रकमा बुधबार आगलागी भएको छ ।

कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना५ख ४२६९ नम्बरको ट्रकमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दका अनुसार विद्युतको तारमा ट्रक छुन पुग्दा आगलागी भएको हो ।

स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । उखु जलेर नष्ट भएको छ भने ट्रकमा क्षति नभएको प्रहरीले जनाएको छ ।

२१ चैत्र २०८०, बुधबार १८:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading