08, Oct, 2024

सहकारी काण्डले कांग्रेसमा टिकट नपाएकाहरु रास्वपा जाने बाटो बन्द हुने भयो – सांसद बजगाईंको कटाक्ष

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार १४:११ | ६ महिना अगाडी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सहकारी काण्डले कांग्रेसमा टिकट नपाएकाहरु जाने ठाउँ रास्वपामा पनि बाटो बन्द भएको कटाक्ष गरेका छन् । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र विपिन आचार्यको नाम जोडिएपछि सांसद बजगाईंले यस्तो कटाक्ष गरेका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै अवसर खोज्दै रास्वपा जानेहरूप्रति सांसद बजगाईंले चिन्ता व्यक्त गरेका हुन् । ‘कांग्रेसले टिकट नदिएपछि अर्को कुनै जाने ठाउँ रास्वपा अवसरको ठाउँ बनेको थियो। यो सहकारी काण्डले त्यो ठाउँ पनि बन्द हुने अवस्था छ। मलाई साथीहरुदेखि साह्रै चिन्ता लागेको छ,’ उनले भने ।

यस्तै उनले बुढीगण्डकीमा माछा मार्नेहरूले बुढीगण्डकीको माछा केन्द्रीय सरकालाई पठाएपछि त्यो परियोजना बन्छ कि भन्ने आशा पालाएको बताए।

२१ चैत्र २०८०, बुधबार १४:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading