13, Nov, 2024

टीयूले उत्तरपुस्तिका हराएकोबारे मन्त्री सुमनाले भनिन्, ‘छानबिन भइरहेको छ, कारबाही हुन्छ’

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार १३:४८ | ७ महिना अगाडी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन समितिले अध्ययन गरिरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तरपुस्तिका हराएको विषयमा आफूले उपकुलपतिसँग पनि कुरा गरिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले भनिन्, ‘उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु । अहिले उत्तपुस्तिका हराएको विषयमा समितिले छानबिन गरिरहेको छ । त्रिविको दुईवटा ऐनमा टेकेर त्यसमा कारबाही गर्न पनि सकिनेछ ।’

स्नातक तह प्रथम वर्षको दुई विषयहरूको उत्तरपुस्तिकाको पोकै हराएको विषय नेपाल प्रेसले सर्वप्रथम उजागर गरेको थियो ।

२१ चैत्र २०८०, बुधबार १३:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading