29, Apr, 2024

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक, नेपाल जिततर्फ अग्रसर

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार १६:२० | १ महिना अगाडी

काठमाडौँ । पहिलो टी–२० क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले शतक बनाएका छन् । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले ५२ बलमा आफ्नो शतक पुरा गरेका हुन् ।

यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए । उनलाई गतिलो साथ दिइरहेका आरिफ शेख ४५ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि २९ बलमा ४० रन चाहिएको छ ।

१६ चैत्र २०८०, शुक्रबार १६:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading