27, Apr, 2024

राष्ट्रिय सभा अध्यक्ष दाहालले मन्त्रीहरुलाई सभामा उपस्थित भई उठेको प्रश्नको जवाफ दिन निर्देशन

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार १६:३० | ४ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरुलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरुले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरुको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भइ जवाफ दिन निर्देशन दिएका हुन् ।

निर्देशन दिँदै उनले भने, ‘माननीय सदस्यहरुले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरुका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५(क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भइ जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

राष्ट्रिय सभाको बैठक जारी छ ।

१६ चैत्र २०८०, शुक्रबार १६:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading