14, Jun, 2024

टी-२० मा इनिडोनेसियाकी बलरको विश्व कीर्तिमान: शून्य रन खर्चेर ७ विकेट

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ बैशाख २०८१, शुक्रबार १३:३५ | १ महिना अगाडी

काठमाडौं । इन्डोनेसियाकी रोहमालिया रोहमालियाले टी-२० आई क्रिकेटमा उत्कृष्ट बलिङ स्पेलको कीर्तिमान बनाएकी छन् ।

मंगोलियाविरुद्ध ३ ओभर २ बल बलिङ गरेकी १७ वर्षीय रोहमालियाले कुनै रन नखर्ची ७ विकेट लिइन् । उक्त खेलमा इन्डोनेसियाले मंगोलियालाई १२७ रनले हराजिएको थियो ।

यसअघि उक्त रेकर्ड नेदरल्यान्डकी फ्रेडरिक ओभरडिकको नाममा थियो । उनले सन् २०२१ मा फ्रान्सविरुद्ध ३ रन खर्चेर ७ विकेट लिएकी थिइन् । यो पुरुष र महिला दुवैमा उत्कृष्ट बलिङ स्पेल हो ।

१४ बैशाख २०८१, शुक्रबार १३:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading