15, May, 2024

महानगरपालिकाका मेयर बालेन शाहको फोटो देखाएर प्रचार गर्ने डोजरछाप उम्मेदवारले अहिलेसम्म पाए २८ मत

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ बैशाख २०८१, सोमबार १२:२७ | २ हफ्ता अगाडी

विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उम्मेदवार भन्दै इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा होमिएका अर्जुन शाहीले हालसम्म २८ मत पाएका छन् । इलाम क्षेत्र नम्बर २ अन्तरगत पर्ने तीन वटा पालिकाको मतगणना सकिँदा उनले जम्मा २८ मत पाएका हुन् ।

बाँके कोहलपुर घर भएका २६ वर्षीय अर्जुनविक्रम शाहीले बालेनको उम्मेदवार भएको हल्ला गर्दै इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्वतन्त्ररूपमा उम्मेदवारी दिएका थिए । उनले मेयर बालेनको चुनाव चिन्ह लौरो चुनाव चिन्ह माग गरेका थिए । तर निर्वाचन आयोगले उनलाई डोजर चुनाव चिन्ह दिएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातकोत्तर गर्दै गरेका शाहीले आफूले चुनाव जित्ने दाबी समेत गर्दै आएका थिए । निर्वाचन हुनुभन्दा केही महिना अघिबाट इलाममा उनले चुनाव प्रचार प्रसार थालेका थिए ।

१७ बैशाख २०८१, सोमबार १२:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading