28, Apr, 2024

देउवाले इलाम-२ का उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाए

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ चैत्र २०८०, बुधबार १४:४४ | १ महिना अगाडी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारका लागि सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका हुन् ।

कांग्रेसको इलाम – १ निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् ।

उम्मेदवारका लागि नाम सिफारिस भएका काठमाडौँमा रहेका नेताहरूसँग सामूहिक छलफलका लागि बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम—२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि आगामी वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।

यसअघि नेम्बाङसँग कांग्रेसका खड्का ११४ मतले पराजित भएका थिए । कांग्रेसले चैत २० गतेसम्म कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक राखेर उपनिर्वाचनका उम्मेदवार चयन गर्नेछ ।

१४ चैत्र २०८०, बुधबार १४:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading