22, Jul, 2024

कोशी प्रदेशसभामा संकल्प प्रस्ताव टेवल पास नहुँदै राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव

बागमती भ्वाइस
बागमती भ्वाइस
६ बैशाख २०८१, बिहीबार १५:०८ | ३ महिना अगाडी

विराटनगर । नेकपा एमाले र माओवादीले कोशी प्रदेससभा सचिवालयामा पेस भएको संकल्प प्रस्ताव प्रदेशसभामा टेवल भएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा समक्ष पेश गरेका हुन । उनले प्रदेशसभामा संकल्प प्रस्ताव पेश गर्दै संसदको सर्वोच्चता देखाउन संकल्प प्रस्ताव पेश भएको बताए । उनले संकल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसदको विशेष अधिकार हनन भए अदालत जस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने बताए ।

उनले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रस्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताए । उनले असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको तर परिस्थितिले उनलाई समर्थन र विश्वासको मत दिन नसकेको बताए ।

एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको बताए । उनले भने, ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन उहा अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन ।’

उनले मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको बताए । उनले अल्पमतमा परेको देखेपछि यो सभा चलेको बेलै राजीनामा दिनु हुन्छ भन्ने आशा लिएको बताए ।

६ बैशाख २०८१, बिहीबार १५:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading