वि.सं.२०८१ चैत ६ बुधवार

विश्वस्तरीय डेटा सेन्टर निर्माण गर्न बिएलसी नेपाल र योटा भारतबीच सम्झौता

काठमाडौ । काठमाडौ चलिरहेको लगानी सम्मेलनमा बिएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस भारतबीच सम्झौता भएको छ।

विश्वस्तरीय डेटा सेन्टर निर्माण, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरी सम्झौता हुन लागेको हो।

बिएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योटाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।