कैलाली । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक सुरु भएको हो । बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु गर्ने बताइएको छ ।
शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।